Nexus Company Servicesनेक्सस कम्पनी सर्भिसेज
+977 986-6818040

Fine waiver

कम्पनी दर्ता गरेर बिर्सनुभयो? पुस मसान्तअघि यसो गरे पुरानो जरिवाना मिनाहाRegistered a company and forgot about it? Clear the old OCR fines before Poush end

दर्तापछि विवरण नबुझाएको कम्पनीले आ.व. २०८२/८३ को विवरण, कर र दस्तुर पुस मसान्त २०८३ (१४ जनवरी २०२७) भित्र बुझाए पुराना सबै जरिवाना, दस्तुर र ब्याज मिनाहा हुन्छ। आफ्नो कम्पनीको जरिवाना यहीँ निःशुल्क हेर्नुहोस्।

कम्पनी दर्ता गरेर बिर्सनुभयो? पुस मसान्तअघि यसो गरे पुरानो जरिवाना मिनाहा: featured image

नेपालमा धेरैले कम्पनी दर्ता त गर्छन्, तर त्यसपछि हरेक वर्ष OCR मा के बुझाउनुपर्छ भन्ने बिर्सन्छन्। वर्षौं बित्छ, जरिवाना थपिँदै जान्छ। अहिले त्यो सबै एकै पटक मिलाउने मौका छ, तर पुस मसान्त २०८३ (बिहीबार, १४ जनवरी २०२७) सम्म मात्र।

उदाहरणरामको कम्पनी

रामले २०७९ असोजमा साथीसँग मिलेर एउटा प्राइभेट लिमिटेड कम्पनी दर्ता गरे। चुक्ता पुँजी रु १० लाख। प्यान लिए, तर काम सोचेजस्तो चलेन। त्यसपछि वार्षिक विवरण कहिल्यै बुझाइएन, साधारण सभा पनि भएन, र CAMIS को पासवर्ड पनि बिर्सिए।

आज, अनुमानित जरिवानारु २७,५००३ वर्षको विवरण बाँकी
पुस मसान्तभित्र फाइल गरेरु ०पुराना वर्षको जरिवाना

यो एउटा उदाहरण हो। रकम हाम्रो जरिवाना जाँच ले आजको मितिमा Section 81 को दरमा गरेको अनुमान हो। पुस मसान्तभित्र आ.व. २०८२/८३ बुझाए रामले त्यस वर्षको दस्तुर मात्र तिर्छन्।

यो तपाईंको कथा पनि हो?

  • कम्पनी दर्ता भयो, तर एक पटक पनि वार्षिक विवरण बुझाइएन
  • दर्ता भएको ३ महिनाभित्र बुझाउनुपर्ने सुरुवाती विवरण छुट्यो
  • CAMIS को login, इमेल वा फोन नम्बर थाहा छैन
  • लेखापरीक्षक नियुक्त छैन, वा हिसाबको लेखापरीक्षण भएको छैन
  • कम्पनी चलाउने कि बन्द गर्ने, निर्णय भएको छैन

माथिको एउटा पनि मिल्छ भने, यो लेख तपाईंकै लागि हो।

मिनाहा भनेको के हो?

आर्थिक ऐन २०८३ ले कम्पनी ऐन २०६३ अन्तर्गत दर्ता भएका, तर समयमा विवरण नबुझाएका वा कर, दस्तुर र जरिवाना नतिरेका कम्पनीलाई छुट दिएको छ। सुरुमा म्याद असोज मसान्तसम्म थियो। CAMIS प्रणाली बन्द भएर धेरैले कागजात अपलोड गर्न नसकेपछि अर्थ मन्त्रालयले कात्तिक ९, २०८३ को निर्णयबाट म्याद पुस मसान्तसम्म थपेको छ।

विवरण
निर्णयअर्थ मन्त्रालय, कात्तिक ९, २०८३
पहिलेको म्यादअसोज मसान्त २०८३ (१७ अक्टोबर २०२६)
नयाँ म्यादपुस मसान्त २०८३ (१४ जनवरी २०२७)
के बुझाउनेआ.व. २०८२/८३ को विवरण, र त्यस वर्षको कर, दस्तुर र शुल्क
के मिनाहा हुन्छत्यसअघिका सबै कर, दस्तुर, शुल्क, ब्याज र जरिवाना
कसलाईकम्पनी चलाउन चाहने र खारेज गर्न चाहने, दुवैलाई

यो कम्पनी ऐनअन्तर्गत OCR मा तिर्नुपर्ने रकमको कुरा हो। आयकर, भ्याट जस्ता आन्तरिक राजस्व कार्यालयका दायित्व छुट्टै हुन्।

तपाईंको कम्पनीको जरिवाना कति? ३० सेकेन्डमा हेर्नुहोस्

दर्ता भएको साल, चुक्ता पुँजी र अन्तिम पटक बुझाएको विवरण छान्नुहोस्। जति रकम देखिन्छ, त्यति नै मिनाहाले हटाउन सक्छ।

Loading the calculator…

यो Section 81 को दरमा गरिएको अनुमान हो। अन्तिम रकम CAMIS ले देखाउँछ।

पुस मसान्तअघि गर्नुपर्ने ५ काम

  1. CAMIS मा कम्पनीको रेकर्ड हेर्नुहोस्। login हराएको भए पहिले त्यसलाई फिर्ता लिनुहोस्, नत्र केही फाइल गर्न सकिँदैन।
  2. कम्पनी चलाउने कि बन्द गर्ने, निर्णय गर्नुहोस्। दुवैमा मिनाहा पाइन्छ।
  3. आ.व. २०८२/८३ को हिसाब स्वतन्त्र लेखापरीक्षकबाट लेखापरीक्षण गराउनुहोस्। सबैभन्दा धेरै समय यसैमा लाग्छ।
  4. सञ्चालक समितिको निर्णय, साधारण सभा (वा एकल शेयरधनीको निर्णय) र वार्षिक विवरण तयार गरी CAMIS मा बुझाउनुहोस्।
  5. त्यस वर्षको कर, दस्तुर र शुल्क पुस मसान्तभित्र तिर्नुहोस्।

असोज मसान्त नजिकिँदा CAMIS बन्द भएर धेरैले कागजात अपलोड गर्न सकेनन्, त्यसैले म्याद थपिएको हो। पुसको अन्तिम हप्ता फेरि भीड हुन्छ, किनकि सबै कम्पनीको आ.व. २०८२/८३ को वार्षिक विवरण पनि त्यही बेला बुझाउनुपर्छ। अहिल्यै सुरु गर्नुहोस्।

निःशुल्क

तपाईंको कम्पनीको अवस्था, हामी निःशुल्क हेरिदिन्छौं

कम्पनीको नाम र फोन नम्बर दिनुहोस्। हामी कम्पनीको OCR रेकर्ड हेर्छौं र WhatsApp मा बताउँछौं:

  • के के विवरण बाँकी छन्
  • मिनाहाले कति जरिवाना हट्छ
  • पुस मसान्तअघि सक्न लाग्ने निश्चित शुल्क

We reply within one working day, on WhatsApp or by phone. We use your details only to answer you. Privacy

कम्पनी बन्द गर्ने हो भने?

मिनाहा कम्पनी खारेज गर्न चाहनेलाई पनि लागू हुन्छ। पहिले कम्पनी अद्यावधिक गरेर पुराना जरिवाना हटाउँदा खारेज गर्न धेरै सस्तो पर्न सक्छ। हेर्नुहोस्: निष्क्रिय कम्पनी कसरी बन्द गर्ने।

In English: the waiver in short

If your company was registered under the Companies Act 2063 and has not filed its returns since, file the FY 2082/83 return and pay that year's taxes, fees and charges by Poush end 2083 (14 January 2027). Every earlier tax, fee, charge, interest and fine under the Companies Act is then waived. The Ministry of Finance extended the deadline from Asoj end on Kartik 9, 2083. It applies to companies that keep trading and to companies that want to close.

Use the fine check above to see what your company owes today, or ask for a free check and we will reply on WhatsApp with what is pending and a fixed fee. More detail: OCR fine waiver extended to Poush end 2083.

धेरैले सोध्ने प्रश्न

मिनाहाको अन्तिम म्याद कहिले हो?

पुस मसान्त २०८३, अर्थात् बिहीबार, १४ जनवरी २०२७। पहिले असोज मसान्त थियो; अर्थ मन्त्रालयले कात्तिक ९, २०८३ मा थपेको हो।

कुन वर्षको विवरण बुझाउनुपर्छ?

आ.व. २०८२/८३ को। त्यस वर्षको विवरण बुझाएर कर, दस्तुर र शुल्क तिरेपछि त्यसअघिका जरिवाना, दस्तुर र ब्याज मिनाहा हुन्छ।

पुराना वर्षको विवरण पनि बुझाउनुपर्छ?

निर्णयमा भुक्तानी आ.व. २०८२/८३ को मात्र भनिएको छ। पुराना वर्षका विवरण जरिवानाबिना माग्छ कि माग्दैन, त्यो कम्पनीको CAMIS रेकर्डमा देखिन्छ, त्यसैले हामी फाइल गर्नुअघि जाँच गर्छौं।

लेखापरीक्षण पनि तपाईंहरू गर्नुहुन्छ?

होइन। लेखापरीक्षण सधैं स्वतन्त्र लेखापरीक्षकले गर्छन्। हामी उहाँहरूसँग समन्वय गरी बाँकी कागजात तयार गर्छौं र CAMIS मा फाइल गर्छौं।

CAMIS को पासवर्ड बिर्सिएँ। अब के गर्ने?

पहिले OCR मार्फत login फिर्ता लिनुपर्छ, नत्र केही फाइल गर्न सकिँदैन। यसमा समय लाग्न सक्छ, त्यसैले यही काम सबैभन्दा पहिले गर्नुहोस्। हामी यसमा पनि सहयोग गर्छौं।

असोजमा म्याद गुज्रियो, अब पनि पाइन्छ?

पाइन्छ। म्याद पुस मसान्तसम्म थपिएकाले असोज मसान्तसम्म केही नगरेका कम्पनीले पनि अहिले बुझाउन सक्छन्।

हामी गरिदिन्छौं

पुस मसान्तअघि, कम्पनी अद्यावधिक

हामी कम्पनीको रेकर्ड हेर्छौं, आ.व. २०८२/८३ का कागजात तयार गर्छौं, लेखापरीक्षकसँग समन्वय गर्छौं र पुस मसान्तअघि CAMIS मा फाइल गर्छौं। हाम्रो शुल्क: Rs 6,500 per year filed + VAT।

  • काम सुरु गर्नुअघि लिखित, निश्चित शुल्क
  • OCR को आधिकारिक ढाँचामा कागजात
  • हरेक चरणमा WhatsApp मा जानकारी
WhatsApp मा सोध्नुहोस्

सामान्य जानकारी मात्र, कानुनी सल्लाह होइन। नियम बदलिन सक्छन्; फाइल गर्नुअघि तपाईंको कम्पनीको अवस्था हामी जाँच गर्छौं। कानुनी काम हाम्रो साझेदार कानून फर्म न्याय संकल्प एसोसिएट्सका अधिवक्ताले हेर्नुहुन्छ।

मिनाहा, पुस मसान्तसम्म · जरिवाना कति छ?निःशुल्क जाँच
WhatsApp Call

Get a free quote

Tell us what you need. We reply with a fixed price.

We reply within one working day, on WhatsApp or by phone. We use your details only to answer you. Privacy